सौर्य एयरको जहाज दुर्घटनामा एक विदेशी नागरिकको पनि मृत्यु

लोकपथ
406
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये एक जना विदेशी नागरिक रहेको खुलेको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार मृत्यु हुने विदेशी नागरिकमा यमनका आरिफ रेडा रहेका छन् । त्यसबाहेक मृत्यु भएका सबै नेपाली हुन् ।
सो विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनापश्चात उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको अहिले केएमसीमा उपचार भइरहेको छ ।

त्यस्तै मृतक सबैको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

विमानमा सबै सौर्य एयरका कर्मचारी मात्रै सवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?