‘लापत्ता सन्तान’को टिजर सार्वजनिक (भिडियोसहित)

लोकपथ
63
Shares

काठमाडौं । गुरु पुर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ को टिजरलाई दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया मिलेको छ ।

युट्युब तथा सामाजिक सञ्जालमा यस टिजरलाई लिएर विभिन्न बहस सुरु भएको छ ।

व्यस्त जीवनशैली र बढ्दो युवा पलायनसँगै नेपालमा अहिले बुढा बा–आमाको एक्लिएका छन् । अब उनीहरुलाई कसरी संरक्षण गर्ने ? यो चिन्ताको विषय बनेको छ । यस टिजरमा भने बुहारीको जबरजस्तीको कारण आफ्नो सन्तानले आफ्ना आमालाई आश्रम लगेर राखेको देखाइएको छ । रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशनमा लापत्ता सन्तान तयार भएको हो । यसका लागि उनले ९ लाख भन्दा धेरै खर्च गरेका छन् ।

यो फिल्ममा रश्मी भट्टसहित अर्जुन आचार्य, ओजश्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष प्रीतम निरौला, प्राञ्जल पौडेल, प्रमित प्रसाई र प्रणित प्रसाई लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

निरज कंडेलको डिओपी, राजेन्द्र मोक्तानको कलर ग्रेडिंग, भरत कंडेलको साउण्ड डिजाइनमा तयार फिल्मका सम्पादक नहकुल खड्का हुन् ।

यस प्रोजेक्ट निर्माणका लागि विभिन्न स्थानिय निकायले समेत सहकार्य गरेका छन् ।

हाल सम्पादको सम्पूर्ण काम सकिएपनि टिजरबाट प्राप्त प्रतिक्रिया हेरेर पुरा फिल्म कसरी रिलिज गर्ने भन्नेमा निर्णय लिइने निर्देशक ज्ञवालीले बताए ।

यसअघि डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ निर्माण गरेका ज्ञवालीले उक्त प्रोजेक्ट विभिन्न शो र फेस्टिवलहरुमा पठाएका कारण युट्युवमा सार्वजनिक गरेका छैनन् । लापत्ता सन्तान भने केही शो आयोजना गरेर छिट्टै युट्युबमा सार्वजनिक गर्ने उनको तयारी छ । निर्देशक ज्ञवालीले यस अघि डार्क मुन, आराध्या, एक लभर, हनिमुन लगायतका सर्ट फिल्म समेत निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?