सौर्यको विमान दुर्घटनामा बुबाआमासहित गयो नाबालकको ज्यान

लोकपथ
1.3k
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरको विमान दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृतक १८ जनामध्ये बुबाआमासहित एक नाबालकको पनि ज्यान गएको हो । मत्यु हुनेमा सौर्य एयरलाइन्समा प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा रहेका छन् ।

प्रिजा उर्जा मन्त्रालयमा कम्युटर अपरेटरको रुपमा कार्यरत रहेकी थिइन् ।

प्रिजाका श्रीमान मनुराजले आफू जहाज मर्मतका लागि पोखरा जाने भएपछि श्रीमती र छोरालाई पनि सँगै पोखरा लगेका थिए । पोखरामा केही दिन घुमेर फर्किने योजना उनीहरुको रहेको थियो । तर विमान दुर्घटनामा तीनै जनाको निधन भएको हो ।

प्रिजा नेकपा एकीकृत समाजवादीको प्रचार विभागका सचिव एवं नेपाल पत्रकार सहासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

उक्त विमानमा सवार उनीहरुसहित १८ जनाको निधन भएको छ । विमानका पाइलट मनिषरत्न शाक्यको भने घाइते अवस्थामा उद्धार गरी अहिले केएमसीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?