पाइलट शाक्यको अवस्था सामान्य हुँदै, ‘आईसीयू’ मा सारियो

लोकपथ
2.4k
Shares

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनामा परी घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य हुँदै गएको छ ।

सिनामंगलस्थित केएमसी अस्पताल प्रशासनका एक कर्मचारीले लोकपथलाई दिएको जानकारी अनुसार उनको मेरुदण्डको अप्रेशन भएको छ भने अन्य परीक्षण हुँदैछ ।

‘उहाँको अप्रेशन भएको छ । अन्य उपचार भइरहेको छ । अहिलेसम्मको अवस्था राम्रो छ,’ ती कर्मचारीले भने ।

अहिले आकस्मिक कक्षबाट आईसीयूमा सारिएको छ । आकस्मिक कक्षमा भीडभाड हुने भएकाले मनिटरिङको लागि आईसीयूमा सारिएको हो ।

त्यस्तै अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल केएमसी अस्पताल पुगेका छन् । पाइलट शाक्यको स्वास्थ्य अवस्था बुझ्न मन्त्री पौडेल अस्पताल पुगेका हुन् ।

आज बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको उक्त जहाज केही सेकेन्डमै दुर्घटनामा परेको थियो । विमानमा सवार अन्य १८ जनाको भने दुर्घटनामा मृत्यु भएको छ ।

मृतकहरुको पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?