पशुपति कोटिहोम महायज्ञमा ९ दिनमा ६ लाख भक्तजनले गरे दर्शन

लोकपथ
364
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोटिहोम महायज्ञ सुरु भएको नवौं दिनसम्म करिब ६ लाख भक्तजनले दर्शन गरेको आयोजकले जनाएको छ ।

गत साउन १ गते देखि सञ्चालन भएको महायज्ञमा दैनिक हजारौँको संख्यामा भक्तजनहरुको उपस्थिती रहने गरेको छ ।

काठमाडौं उपत्यका तथा उपत्यका बाहिरबाट दैनिक भक्तजनहरुको आगमन बाक्लो रहेको छ ।

भक्तजनहरुको अत्यधिक उपस्थितीलाई मध्यनजर गर्दै आयोजक संस्था मानव सेवा फाउण्डेसनले अहिले ३ स्थानबाट कथा प्रवचन, झाकी प्रदर्शन अनि भजनकिर्तनको कार्य भैरहेको छ । त्यस्तै कैलाशडाडाँबाट नियमित हवनको कर्म सँगै अन्य प्रवचनको कार्य पनि भइरहेको छ ।

सुप्रशिद्ध कथावाचिका राधिका माताले श्रावण १ गते देखि ७ गते सम्म श्री शिवमहापुराण कथा प्रवचन गरेकी थिइन । अहिले वाचन प्रविण दिनबन्धु पोख्रेल र देवी प्रतिभाले कथा प्रवचन गरिरहेका छन् ।

आयोजकका अनुसार महायज्ञ अवधिभर करिव ५० लाख देखि ८० लाखसम्म भक्तजनले दर्शन गर्ने आँकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?