एक वर्षभित्र भएको कलेजो प्रत्यारोपणमा धर्मभक्तलाई शत प्रतिशत सफलता

लोकपथ
504
Shares

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८०।०८१ मा गरेको कलेजो प्रत्यारोपणमा शतप्रतिशत सफलता हात पारेको छ । गत आर्थिक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण गरिएकामा सबैमा सफलता मिलेको हो ।

केन्द्रका निर्देशकसमेत रहेका वरिष्ठ प्रत्यारोपण सर्जन डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा एकजना मात्रे विदेशी चिकित्सकको सहयोगमा गरिएको प्रत्यारोपणमा यो सफलता हात परेको हो । केन्द्रले गत आर्थिक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण गरेकामा सबैमा सफलता मिलेको हो ।

कलेजो प्रत्यारोपण जटिल र संवेदनशील रहेको भन्दै नेपालमै पर्याप्त मात्रामा सर्जनको उत्पादन नभएसम्म प्रत्यारोपण हुने कुनै पनि संस्थामा कम्तीमा एकजना विदेशी चिकित्सकको निगरानी हुनु उपयोगी हुने उनले बताए ।

विभिन्न कारणले कलेजो बिग्रिएका बिरामीहरूका लागि स्वस्थ रहेका दाताको आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पूरै कलेजो प्रत्यारोपण गर्ने गरिएको वरिष्ठ सर्जन श्रेष्ठले बताए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३ वर्षको बालकदेखि ६८ वर्षका वृद्धसम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइसकेको छ ।

केन्द्रमा हालसम्म २६ जनाको कलेजो प्रत्यारोपण गरिएकामा मध्ये २४ जना ग्रहणकर्ता पुरुष र २ जना मात्र महिला छन् भने १८ जना कलेजो दाता महिला र ८ जना दाता पुरुष रहेको केन्द्रले जनाएको छ ।
केन्द्रमा १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?