विषालु च्याउ खाँदा दैलेखमा एक परिवारका चार जना बिरामी

लोकपथ
161
Shares

दैलेख । विषालु च्याउ खादा दैलेखमा एकै परिवारका चार जना विरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा डुंगेश्वर गाउँपालिका–२ लाकुरीका एकै घरका चार जना विरामी परेका हुन् ।

विरामी हुनेमा ३० वर्षीया अमृता विक, उनकी १३ वर्षीया छोरी मिना विक, ९ वर्षीया छोरी रन्जना विक र ५ वर्षीया छोरी शर्मिला विक रहेको डुंगेश्वर गाउँपालिका–२ का वडाध्यक्ष यामबहादुर विष्टले बताए । च्याउ खाएदेखि नै उनीहरु बिरामी परेको उनले बताए ।

च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेको थियो । विरामीहरुलाई राति नै स्वास्थ्य सेवा कार्यालय दैलेखमा भर्ना गरिएको छ । अहिले उनीहरुको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?