विराटनगरको होटलमा युवक मृत अवस्थामा फेला

लोकपथ
0
Shares

काठमाडौं । विराटनगरको होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ घर भएका २८ वर्षीय राजीव फुयाँल आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

विराटनगर –११ स्थित नयाँ गुद्री अगाडिको होटेलको १०८ नम्बर कोठामा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
मृतक फुयाँल मेनपावर व्यवसायि थिए । फुयाँले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर विराटनगर लिएर आएका थिए । उनी विराटनगरको नयाँ गुद्री अगाडिको होटलमा बसेका थिए भने विदेश जाने युवाहरू रानी क्षेत्रमा बसेका थिए ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?