यो हो मृत्युको मुखमा पुर्‍याउने अनौठो परिकार

लोकपथ
2.8k
Shares

काठमाडौं । संसारमा धेरै ठाउँहरू छन् । सबै ठाउँको आ–आफ्नै खानपान र रहनसहन हुन्छन् । ठाउँ अनुसारको आ–आफ्नै विशेष परिकार पनि हुन्छन्, जसलाई मानिसहरूले स्वादका लागि खाने गर्छन् । तर केही परिकार यस्ता पनि हुन्छन् जुन स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । यस्तै एउटा अनौठो परिकार दक्षिण एसियाका मानिसहरुले खाने गरेका छन् । यो परिकार स्वादमा मिठो भए पनि स्वास्थ्यको लागि एकदमै हानिकारक मानिन्छ, जसको सेवनले वर्षेनि हजारौं मानिसको ज्यान जाने गरेको छ ।

ओडिटी सेन्ट्रल वेबसाइटको रिपोर्टका अनुसार यो थाइल्यान्डको विशेष परिकार हो, थाइल्यान्डको खोन केन नामक प्रान्तका मानिसहरूले यो परिकारलाई खाने गरेका छन् । त्यहाँका मानिसलाई यसको स्वाद निकै मन पर्छ र खाने गर्छन् जसले उनीहरूलाई मृत्युको मुखमा पुर्‍याउने गर्छ । यो परिकारको नाम कोइ प्ला हो । यो परिकार काँचो माछाबाट बनाउने गरिन्छ । काँचो माछालाई सानो टुक्रामा काटेर जडिबुटी, मसला र कागतीको रस थपेर यस परिकारलाई स्वादिष्ट बनाइन्छ ।

माछाले मानिसलाई हानी गर्दैन तर यसमा हुने परजीवी किराहरु भाँडाको माध्यमबाट मानिसको शरीरमा प्रवेश गर्छ र यो परिकार खाने मानिसलाई कोलान्जियोकार्सिनोमा अर्थात् पित्त नलीको क्यान्सर जस्ता रोगहरूको सम्भावना बढाउँछ । यही कारणले गर्दा यसलाई संसारकै सबैभन्दा खतरनाक परिकार पनि मानिन्छ । यसको एक गाँसले पनि सिधै क्यान्सर हुने दाबी गरिएको छ । एक अनुमान थाइल्यान्डमा हरेक वर्ष २० हजार मानिस यही परिकारका कारण मर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?