नवजात शिशुको उचित हेरचाह कसरी गर्ने ?

लोकपथ
287
Shares

काठमाडौं । नवजात शिशुको उचित हेरचाह गर्न नजान्दा समस्या निम्तिन सक्छ । नवजात शिशुको उचित हेरचाह कसरी गर्ने भनेर पहिलोपटक आमाबाबु बनेका र उनीहरुका परिवार इन्टरनेटको सहारा पनि लिन खोज्छन् । तर इन्टरनेटमा पाइने थरिथरिका सुझावले झन् अलमलमा पर्छन् । के सही र के गलतबीचको भिन्नता नै बुझ्दैनन् । यस्तो अवस्थामा नवजात शिशुको हेरचाहको सन्दर्भमा कुन कुरामा ध्यान दिन आवश्यक हुन्छ रु यहाँ हामी केही कुरा भन्न गइरहेका छौं ।

दूध खुवाउने
अपरिपक्व शिशुले अरु सामान्य शिशुले जस्तै सजिलै आमाको दूध खान सक्दैन । त्यसैले अपरिपक्व अवस्थामा जन्मिएको शिशुले आमाको दूध थोरै मात्र चुस्न सक्छ भने समय–समयमा दूध खुवाइरहनु पर्छ । आमाको निप्पलबाट सिधै खान नसकेमा प्लास्टिकको निप्पल प्रयोग गरेर दूध खुवाउन सकिन्छ । त्यो गर्दा पनि खान नसकेमा दूध एउटा भाँडोमा राखेर सानो चम्चाले पनि खुवाउन सकिन्छ ।

आरामदायक ढंगले सुताउने
नवजात शिशुको स्वास्थ्य मजबुद बनाउनका लागि पर्याप्त आरामको जरुरत हुन्छ । कुनै बच्चा एक दिनमा १६ घण्टासम्म आराम गर्न सक्छ । तर उनीहरु धेरै समयसम्म भोको रहन सक्दैन । त्यसैले पेट खाली हुनासाथ निन्द्राबाट ब्युँझन्छन् ।

पोषणयुक्त खाना खुवाउने

सुरुमा शिशुलाई जन्मेको छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । त्यसपछि विस्तारै घरमा बनाएको दाल भात तरकारी जसमा स्वाद बढाउने अजिना मोटोको प्रयोग नगरी फ्रेस तरकारीहरु बनाएर खुवाउनु पर्छ । फलफूल पनि लोकल खाए धेरै राम्रो, मकै भटमास सबै पोसिलो चिज हो । बजारको भन्दा घरको फलफूल नै खाँदा राम्रो हुन्छ ।

डाइपरको प्रयोग
धेरैलाई डाइपरको प्रयोग गर्दा बालबालिकाको खुट्टा बांगो हुने, बालबालिकालाई चाँडो चिसो लाग्ने भन्ने सोचाइ हुन्छ जुन गलत हो । बालबालिकाले छिटोछिटो दिसपिसाब गरिराख्ने भएकाले उनीहरुलाई चिसो लाग्छ । जसले गर्दा आमा र बच्चा दुबैको निद्रा बिग्रन्छ । डाइपरको प्रयोग गर्दा कम्तीमा ४ देखि ६ घण्टाभित्र फेर्नु पर्छ । कतिपयले डाइपर किन्नुपर्छ खर्चिलो हुन्छ भनेर पूरै नभरिएसम्म निकाल्दैनन् । त्यसले बालबालिकालाई पिसाबको संक्रमण हुने खतरा बढ्छ ।

घाममा राख्ने
आमा र बच्चा दुबैका लागि घाम एकदमै राम्रो हो । तर हामीकहाँ धेरै चर्को घाममा दिनभर तेलले मालिस गरेर बालबालिकालाई घाममा सुताइदिने चलन छ । यसले बच्चालाई ‘सनबर्न’ हुने गर्छ । उनीहरुको छाला कोमल भएकाले घामले पोल्छ र -यासेज आउँछ । धेरैले राति बच्चा रोयो भन्छन् । घामले छाला पोलेर नै बालबालिकाहरु राति रुन्छन् । बालबालिकालाई पूरै शरीरमा सिधैं घाम पर्ने गरी राख्नुहुँदैन । ४५ देखि १ घण्टासम्म बालबालिकाको अनुहारमा सिधै घाम नपर्ने गरी राख्न सकिन्छ । घाम लाग्ने कोठामा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?