भाइरल ज्वरो र डेंगुका बिरामीकाे सङ्ख्यामा वृद्धि

लोकपथ
161
Shares

काठमाडौं । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुकाे बिरामीकाे सङ्ख्यामा वृद्धि भएकाे छ । साउनयता भाइरल ज्वरो र डेंगुकाे बिरामीको सङ्ख्यामा वृद्धि भएकाले उपचार गर्ने शय्या अभाव हुन थालेको हो ।

जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला अस्पतालमा वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेङ्गीका २७ जना बिरामी भेटिएका छन् । भाइरल ज्वरोले संखुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?