जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । पाल्पामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

तानसेन नगरपालिका–६ भिमसेन टोल बस्ने ४९ वर्षीय शैलेन्द्र भन्ने अनन्त बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २९ हजार १ सय २५ रूपैयाँ र १ सय ६३ थान तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?