सडक दुर्घटनामा गतवर्ष कर्णालीमा एक सय १२ जनाको मृत्यु

लोकपथ
189
Shares

काठमाडौं । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा नौ सय ५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । सल्ल्यानमा एक सय ३० सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु हुँदा रुकुमपश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो ।

यसैगरी, गत वर्ष कालिकोटमा ४८ वटा सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भयोभने जाजरकोटमा ६८ वटा दुर्घटना पाँच, दैलेखमा ७० वटा दुर्घटना हुँदा १०, जुम्लामा भएका ४१ दुर्घटनामा सातजनाको मृत्यु भएको हो । समीक्षा अविधिमा मुगुमा १२ र डोल्पामा १३ वटा सवारी दुर्घटनाका घटना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?