घर पछाडि खसेको पहिरोमा पुरिएर मृत्यु

लोकपथ
224
Shares

काठमाडौं । दैलेखमा आफ्नै घर पछाडि खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ । ठाँटीकाँध गाउँपालिका–१ पिपल चौतारा बस्ने ५३ वर्षीय शेर बहादुर बमको पहिरोमा पुरिएर बुधबार दिउँसो मृत्यु भएको हो ।

अविरल वर्षाका कारण आफ्नै घर पछाडी खसेको माटोको ढिस्को सफा गर्ने क्रममा एक्कासी माथिबाट ठुलो पहिरो आउँदा उक्त पहिरोमा पुरिएर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?