सौर्यको विमान दुर्घटनाबारे क्याप्टेन शाक्यले भने– करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ

लोकपथ
16.2k
Shares

काठमाडौं । दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका चालक मनिष शाक्यले पहिलो पटक दुर्घटनाको कारणबारे मुख खोलेका छन् । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत उनले बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग दुर्घटनाबारे कुराकानी गरेका हुन् ।

सामान्य कुराकानी गर्न सक्ने क्याप्टेन शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका छन् । ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भनिन्, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’ ‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट निस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ क्याप्टेन शाक्यले भनेका छन् ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्य घाइते छन् । उनलाई घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पु¥याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?