प्रयोग विहीन मनाङ जिल्ला कारागार सञ्चालनमा

लोकपथ
119
Shares

काठमाडौं । लामो समयदेखि प्रयोगविहीन बनेको मनाङ जिल्ला कारागार सञ्चालनमा ल्याइएको छ । कारागार हस्तान्तरण भएको तीन वर्षपछि यहि साउन ७ गतेदेखि सञ्चालनमामा ल्याएको हो ।

विसं २०७८ जेठमा प्रशासनलाई कारागारको स्वामित्व हस्तान्तरण भएको थियो, तर त्यहि वर्षको बाढीपहिराको जोखिमले केही समय प्रयोगमा ल्याउन नसक्दा प्रयोगविहीन बनेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

प्राविधिक कमजोरी र भवनमा प्रयोग भएका सामग्रीमा देखिएको त्रुटि सच्याएर प्रशासनको स्वामित्वमा आएको तीन वर्षपछि सञ्चालनमा ल्याएका हो ।

कारागारमा रहेका सात कैदीबन्दीलाई मङ्गलबार नयाँ भवनमा सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?