अहिले कस्तो छ क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था ?

लोकपथ
0
Shares

काठमाडौं । बुधबार सौर्य एयरको विमान दुर्घटनामा घाइते पाइलट (क्याप्टेन) मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको छ ।

काठमाडौं मेडिकल कलेज (केएमसी) ले विज्ञप्ति जारी गर्दै उनको अवस्था सामान्य रहेको र अन्य कुनै जटिलता नरहेको जनाएको हो ।

साथै उनको अनुहार, नाक, आखा तथा टाउकोमा चोटहरु, हड्डी साथै देब्रेपट्टीको ३ वटा करङहरु भाचिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अनुहार तथा नाक र आँखाका चोटहरुको बुधबार नै उपचार भइसकेको छ ।
‘उहाँको अनुहार, आखा, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै देब्रे पट्टीको ३ वटा करङहरु भाँचिएका छन्,’ अस्पतालले भनेको छ, ‘अनुहार तथा नाक आखाका चोटहरुको हिजै उपचार भइसकेको जानकारी गराउँदछौँ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा उनीबाहेक सवार १८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?