ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

लोकपथ
154
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेन्द्रराज रेग्मी र स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न छन् ।

त्यसैगरी समितिले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?