राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी, सदस्यमा को–को भए नियुक्त ?

लोकपथ
1.1k
Shares

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष अधिकारीसहित अन्य सदस्यहरु समेत नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक रहेका छन्।

त्यस्तै बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा लीलादेवी गडतौलालाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि कायममुकायम मुख्यसचिव रहेकी गडतौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपालको पहिलो महिला मुख्यसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?