आगो तापेकै ठाउँमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

लोकपथ
5k
Shares


रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि खसेको पहिरोले विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगंगा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?