सुनचाँदीको मूल्य घट्यो

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सयले घटेर एक लाख ४४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?