बद्री पंगेनीले ल्याए बिलौना (भिडियोसहित)

लोकपथ
0
Shares

काठमाडौं । लोकदोहोरी गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वरमा सजिएको ‘बिलौना’ बोलको तीज गीत सार्वजनिक भएको छ । रचना रिमाल युट्युब च्यानलमार्फत शुक्रबार बिलौना गीत सार्वजनिक गरिएको हो ।

इन्जिनियर नारायण ज्ञवालीको शब्द रहेको गीतमा शिव हमालको संगीत रहेको छ ।

विश्वास नेपालको संगीत संयोजन गरेको गीतमा कुमार रानाले मिक्सिङ एण्ड मास्टरिङ गरेका छन् । मारुनी स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई खुमन राना र सुमन रानाले रेकर्डिङ गराएका हुन् ।
गीतको भिडियोमा रचना रिमाल, बद्री पंगेनी, पवित्रा अधिकारी, अनुपा विष्ट लगायको अभिनय रहेको छ । त्यस्तै, प्रवन्जन क्षेत्री, मिलन बस्याल, आरुषी बस्याल लगायतका बाल कलाकारको समेत अभिनय रहेको छ ।

राजेश घिमिरेले निर्देशन तथा छायाँकन गरेको भिडियोलाई नविन घर्तीमगरको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?