महाकाली सिँचाइको भौतिक प्रगति २२ प्रतिशत मात्र

लोकपथ
84
Shares

काठमाडौं । विसं २०६३ बाट सुरु भएको महाकाली सिँचाइको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । अठार वर्षअघि प्रारम्भ भएको महाकाली सिँचाइको तेस्रो चरणको काम हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ ।

३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेटको अभाव, वन क्षेत्र र मुआब्जाका कारण निमार्णले गति लिन सकेको छैन ।

हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । आयोजनाको २८ दशमलव आठ किलोमिटरदेखि ४८ दशमलव तीन किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो ।

सिँचाइ सुविधा नहुँदा कञ्चनपुरमा असार १५ सम्म ४३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?