भागिरथ र सुनिताको तीज गीत ‘गुलेलीले जुरेलीलाई’ बजारमा (भिडियोसहित)

लोकपथ
42
Shares

काठमाडौं । गायक भागिरथ चलाउने र गायिका सुनिता बुढामगरको स्वरमा सजिएको ‘गुलेलीले जुरेलीलाई’ बोलको तीज गीत सार्वजनिक भएको छ । भागिरथ चलाउने युट्युब च्यानलमार्फत बिहीबार उक्त गीत सार्वजनिक गरिएको हो ।

चलाउनेको शब्द संगीत रहेको गीतमा संगीत संयोजन गरेका छन् । खड्क बाजुरालीले मिक्सिङ एण्ड मास्टरिङ गरेको गीतमा राजेन्द्र बाजुरालीले भोकल सम्पादनगरेका हुन् ।

गीतको भिडियोमा चलाउने र अनिशा ओलीको अभिनय रहेको छ । गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् भने भिडियोलाई प्रवीन भट्टले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?