भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ मजदुरको उद्धार

लोकपथ
63
Shares
तस्बिर : प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल

काठमाडौं । रोजगारीको प्रलोभनमा भारतका विभिन्न स्थानबाट ५ महिनादेखि बन्धक बनाइएका २८ जना मजुदरहरुको उद्धार गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेख्दै कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काइएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीका अनुसार सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ ।

त्यस्तै उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो । मानव बेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ ।

प्रधानमन्त्री ओलीले उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराईसहितको टोलीलाई धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?