स्रोत नखुलेको रकम बरामद गर्दा राजश्व अनुसन्धानको कर्मचारीमाथि कुटपिट

लोकपथ
371
Shares

काठमाडौं । बाँकेको जमुनाह भन्सार चेकपोस्ट नजिकै स्रोत नखुलेको रकम बरामद गर्ने क्रममा राजश्व अनुसन्धनका कर्मचारीमाथि हातपात भएको छ ।

बुधबार नेपालगन्ज–४ स्थित कलपत्रु होटलमा सञ्चालित ‘एसएन ब्लु गेमिङ क्लब’ (क्यासिनो) का महाप्रबन्धक अर्जुन खनालको समूहले नेपाल–भारत सिमानाका जमुनाहास्थित चेकपोष्ट नजिकै राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्कामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ नेपालगन्ज उपमहानगरपालिका–१५ बाट सूचक खड्काले १८ लाख बरामद गरेका थिए ।

नगद बरामदका क्रममा खनालसहितको टोलीले उनीमाथि आक्रमण गरेका हुन् ।

उनीहरुले खड्कामाथि बोतल र फलामको कुर्सी प्रहार गरेका हुन् ।

आक्रमणमा घाइते भएका खड्काको टाउकोमा ११ वटा टाँका लगाइएको छ ।

कुटपिटमा संलग्न खनाललाई बुधबार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । क्यासिनो सञ्चालकले सो रकम भारतबाट नेपाल ल्याएको प्रहरीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?