बागमतीमा कुन्दनराज काफ्लेले पाए आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी

लोकपथ
693
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्रालयको जिम्मेवारी दिएसँगै उनले बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने जानकारी दिएका छन् ।

उनले भने, ‘म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको लागि काम गर्न मन्त्री बनेको हो ।’

उनले दोलखा निर्वाचन क्षेत्र १ ख बाट प्रदेश सांसदमा जितेका थिए ।

त्यसो त साउन ८ गते मुख्यमन्त्री बहादुरसिंह लामासहित कांग्रेसका ३ मन्त्रीले बिनाविभागीय जिम्मेवारी पाएका थिए । पार्टीले मन्त्रीको जिम्मेवारी टुंगो लगाउन नसक्दा केही विवाद समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?