कुमारी बैंकका ग्राहकलाई बुद्ध एयरले दियो यस्तो अफर

लोकपथ
217
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र बुद्ध एयरबीच सम्झौता भएको छ ।

बैंक र एयरलाइन्सबीच बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा र छोरी)को लागि कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्घ एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशटसम्म छुट प्राप्त गर्न सकिनेछ । साथै उक्त अफरमा सर्तहरु लागुहुने समेत जनाइएको छ ।

सम्झौता अनुसार यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?