दाङको घोराही–रक्षाचौर सडक खण्ड अहिलेसम्म अघुरौ

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । विसं २०४५ देखि निमार्ण सुरु गरिएको दाङको घोराही–रक्षाचौर सडक खण्ड अहिले सम्म अघुरौ रहेको छ ।
दाङको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही–रक्षाचौर खण्ड ३५ वर्ष देखि अघुरौ रहेको हो ।

सडकको ट्रयाक खोलिएको करिब ३५ वर्षसम्म पनि उक्त सडक खण्डले पूर्णता पाउन सकेको छैन । करिब २१ किलोमिटर रहेको उक्त सडक १० किमी मात्रै कालोपत्र भएको छ ।

घोराही, हापुर, निघुवार, अक्कासी, सङ्क्राम हुँदै रक्षाचौर जोड्ने सडकको ट्रयाक खोल्ने काम पुरा भएपनि स्तरवृद्धि नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।

सडक स्तरोन्नति भएमा आवतजावत सजिलो हुनुको साथै उत्पादित तरकारीलगायत सामग्री घोराही बार लगेर बिक्री गर्न सहज हुने स्थानीयको भनाइ छ ।

सडक कालोपत्र गर्न पटकपटक सरोकार भएका निकायमा दबाब दिँदै आए पनि सुनुवाइ नभएको तुलसीपुर–४ का दोलकबहादुर खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?