क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार

लोकपथ
147
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ ।

कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको जानकारी दिइन्। उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताइन् ।

‘ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ,’ उनले भनिन्, ‘घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।’

यही साउन ९ गते काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो ।

उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।

याे पनि...

नेपालमा हवाइ दुर्घटनाको डरलाग्दो तथ्यांक : ६१ दुर्घटना, ९१५ जनाले गुमाए ज्यान (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?