पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ– नयाँ समीकरणले जनतासँग टुटेको हाम्रो सम्बन्ध जोडियो

लोकपथ
161
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समीरकण परिवर्तन गरेर जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्रदान गरेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

बैठकपछि प्रचण्डको भनाइलाई उद्धृत गर्दै सो पार्टीका प्रवक्ता अग्नि सापकोटाले सरकारमा रहँदा जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा निकै राम्रो पहलकदमी लिँदा लिदै सरकारबाट बाहिरिनु परेको कारण जनतासँगको टुटेको कडीलाई सुदृढ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए ।

उनले भने, ‘अध्यक्षले अहिलेको वर्तमान परिस्थितिको बारेमा सविस्तार चर्चा गर्नुभयो । उहाँले दिशा निर्देश पनि गर्नुभयो । हामी सरकारमा रहँदा जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा समग्रमा निकै राम्रो पहल कदमी लिएका थियौं त्यो पहलकदमी लिँदा लिँदै समिकरण परिवर्तन गरियो । यसले हामीलाई फेरी ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतामा जाने, हाम्रो कही न कहीँ जनतासँगको कडी टुटेको थियो । त्यसलाई सुदृढ गर्ने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?