सिमलताल दुर्घटना : ४० किलोको म्याग्नेटले खोज्दैछ त्रिशूलीमा हराएका दुई बस

लोकपथ
7.5k
Shares
फाइल तस्बिर : सिमलताल बस दुर्घटनामा बेपत्ताहरुको शव खोज्दै

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुहरुको खोजीको लागि भारतबाट आएका खोजी टोलीले आज म्याग्नेट प्रयोग गरेर खोजी कार्य थालेका छन् ।

अहिलेसम्म केही प्रगति नभएपछि भारतीय टोलीले उतैबाट म्याग्नेटिक डिभाइस मगाएका हुन् ।

बेपत्ता भएकामध्ये १९ जनाको शव खोजी टोलीले भेटेर बसका यात्रु रहेको पहिचान छ । तिमध्ये ५ जना भारतीय नागरिक रहेका छन् । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?