हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

लोकपथ
154
Shares

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले हैजा फैलिन नदिन गर्नुपर्ने प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको जानकारी दिए । उनले भने, “वडा नं १ मा थप दुई बालकमा हैजाको आशङ्का गरिएको छ, यसको पुष्टि हुन भने बाँकी छ ।”

हैजाबाट पीडितलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । द्रुत प्रतिकार्य टोलीले प्रभावित क्षेत्रका बासिन्दाले उपभोग गरिरहेको खानेपानीको नमूना लिने कार्यका साथै अन्य प्रतिकार्यको काम थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?