उमेर अनुसार दैनिक कति घण्टा सुत्नु आवश्यक छ ?

लोकपथ
5.2k
Shares

काठमाडौं । निद्रा स्वस्थ जीवनशैलीका लागि अपरिहार्य मानिन्छ। वयस्क व्यक्तिका लागि दैनिक कम्तिमा सात घण्टा सुत्नुपर्ने चिकित्सकहरु बताउँछन् । वास्तवमा कम सुत्नु वा आवश्यकता भन्दा बढि समयसम्म सुत्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् ।

जब हामी सुत्छौँ, तब मात्र हाम्रो शरीरका सम्पूर्ण अंगहरूलाई आराम मिल्छ र त्यसपछि अर्को दिन पूर्ण ऊर्जा प्राप्त हुन्छ। निद्राको बेला हामी शारीरिक र मानसिक रूपमा आरामको अवस्थामा हुन्छौँ तर हाम्रो शरीरले भित्रबाट काम गरिरहन्छ।

कति सुत्ने ?

कम सुत्नुका कारण गुम्सावट, टेन्सन र चिडचिडापनजस्ता समस्या देखिन सक्छ । साथै कम निन्द्राको कारणले मानसिक तनाव जस्ता समस्याहर पनि देखिन सक्दछन् । तपाई जुनसुकै उमेरसमुहको मानिसको हरेक मान्छेलाई आफ्नो उमेरको हिसावले सुत्न आवश्यक हुन्छ । 

निद्रा किन आवश्यक छ ?
– स्वस्थ जीवनका लागि निद्रा अपरिहार्य कुरा हो। 
– शरीरलाई उर्जा दिन, वृद्धि र विकासका लागि पनि निद्रा आवश्यक छ। 
– रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि निद्रा पुग्नुपर्छ।

यदि तपाईंले पर्याप्त गुणस्तरको निद्रा पाउनुभयो भने, तपाईं प्रायः बिरामी पर्नुहुने छैन। यसले तपाईंको मुड सुधार गर्नेछ र तनाव कम गर्नेछ। मुटुको स्वास्थ्य ठीक रहनेछ र मेटाबोलिजम पनि बढ्नेछ।

यी सबैबाहेक मुटु रोग, टाइप २ मधुमेह, उच्च रक्तचाप र स्ट्रोकको जोखिम पनि कम हुनेछ । राम्रो निन्द्राले स्मरणशक्तिमा पनि सुधार गर्छ । त्यसैले राम्रो निद्राको लागि रातिको समय निश्चित गर्नुहोस्। यस समयमा तपाईलाई राम्रो निद्रा लाग्नेछ।

साथै आफ्नो बेडरूम शान्त राख्नुहोस्। सुत्नुअघि सुत्ने कोठामा खाना नराख्नुहोस्। सुत्नुअघि चिया वा कफी नपिउनुहोस्। नियमित व्यायाम गरेमा पनि राम्रो निद्रा लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?