अमेरिकाकी उपराष्ट्रपति ह्यारिसले गरिन राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा

लोकपथ
476
Shares

वासिङ्टन । कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

सोसल मिडिया प्लेटफर्म एक्समा यो घोषणा गर्दै कमला ह्यारिसले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेँ। म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु। र नोभेम्बरमा, जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ ।’

पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?