अवैध लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ आठ ग्रामसहित कैलाली गौरीगंगा नगरपालिका–२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोट र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६९४८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सिघाललाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट अवैध लागुऔषध गाँजा ३२ ग्राम ५ सय मिलिग्राम र अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–९ बस्ने २१ वर्षीय राज कुमार राजवंशी र भारत सिक्किम राज्य नाम्ची घर बताउने २७ वर्षीय सन्तोष राई रहेका छन् । मेचीपुल बिटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।

यस्तै भोजपुर, भोजपुर नगरपालिका–७ भोजपुर बजारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १८ ट्याब्लेट र कोलिवान १६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–९ बस्ने २० वर्षीय अर्पण राई र २० वर्षीय रेन्जी शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले बा.प्र. ३ –००५ प ५३५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसै क्रममा रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१३ लाप्चे भन्ने जंगलको ओढारबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त जंगलको ओढारमा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रूकुमबाट खटिएको प्रहरीले बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?