काठमाडौं । धितोपत्र बजारमा शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ ।
मौद्रिक नीति सार्वजनिक भएको पहिलो कारोबार दिन अर्थात् आज कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नै परिसूचक ४ प्रतिशतले बढेको हो ।
त्यस्तै सर्किटपछि २० मिनेटका लागि बजार बन्द भएको थियो । त्यसपछि दोस्रोपटक कारोबारका लागि खुलेको बजारमा कारोबार सुरु भएको एक मिनेटमा पुनः एक प्रतिशतले बढेसँगै ४० मिनेटका लागि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।
यतिका अवधिमा शेयर बजार १ सय २९ दशमलव शून्य ७ अंकले बढ्दा बजार २ हजार ६ सय ९७ दशमलव २१ अंकमा रोकिएको छ ।
गत शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीतिको सकारात्मक प्रभाव शेयरमा देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया