फुटबल मैदानमा भएको रकेट आक्रमणमा १२ बालबालिकाको मृत्यु

अब इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान

लोकपथ
588
Shares

काठमाडौं । इजरायलको कब्जामा रहेको गोलान हाइट्सस्थित फुटबल मैदानमा भएको रकेट आक्रमणमा १२ बालबालिकाको मृत्यु भएको छ । रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् ।

इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको आरोप लगाए पनि हिजबुल्लाहले अस्वीकार गरेको छ ।
गत अक्टोबरमा इजरायल–गाजा युद्ध सुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोली हानाहान भइरहँदा यो घटना भएको हो ।

इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार भएको जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?