काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आगामी साउन १५ गते विश्वासको मत लिने भएका छन् ।
सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री लामाले प्रदेश सभा सचिवालयमा साउन १५ गते मंगलबार दिउँसो ३ बजे विश्वासको मत लिनेगरी कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
केन्द्रमा सत्ता समीकरणको फेरबदलपछि एमालेका २७ र उनको दल नेपाली कांग्रेसका ३७ गरी ६४ प्रदेश सभा सदस्यको समर्थनमा लामा मुख्यमन्त्री बनेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लामाले एक बिना विभागीयसहित १२ मन्त्री समेत नियुक्त गरेका छन् । जसमा कांग्रेसका ६ र एमालेका ६ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया