निलम्बित मुख्यसचिव अर्याल बयानका लागि विशेष अदालतमा

लोकपथ
182
Shares

काठमाडौं । मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्याल बयानका लागि विशेष अदालत पुगेका छन् ।

भ्रष्टाचारको अभियोगमा मुद्दा दायरपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी बयान दिन पुगेका हुन् ।

अन्त:शुल्क स्टिकर छपाइमा भष्टचार भएको भन्दै ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ विगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आसार ९ गते अर्यालसहित ११ जना र एक फर्मविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अर्यालको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?