मोदीवेणीकाे सम्पत्ति विवरण सार्वजनिक गर्न प्रशासनले काट्यो पत्र

लोकपथ
84
Shares

काठमाडौं । पर्यटकीयस्थल मोदीवेणीधामको सम्पत्ति विवरण सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले मोदीवेणीधाम व्यवस्थापन समितिका नाममा पत्र काटेको छ ।

कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीको संरक्षणको दायित्व प्रशासनको भएकाले एक साताभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन भन्दै प्रशासनले पत्र काटेको हो ।

मोदीवेणीमा रहेको नृसिंह मन्दिर र गुठीका नाममा रहेको दुई सय ५० रोपनी जग्गा र करोडौँ रकमको विवरण समेत सार्वजनिक हुन सकेको छैन । मोदीवेणीधाममा वार्षिक रुपमा ठूलो आम्दानी हुने गरेको भए पनि अहिलेसम्म सार्वजनिक हुन नसक्दा हिनामिना भएको आशङ्का बढेको छ ।

डेढ दशकयता ६/ ७पटक लगाइएका ६ महायज्ञबाट सङ्कलित रकम, दैनिकजसो दर्शनाथी तथा भक्तजनबाट सङ्कलन हुने भेटी र विभिन्न सङ्घसंस्थाले गर्दै आएको आर्थिक सहयोग तथा जिन्सी सामग्रीको लगत अहिलेसम्म सार्वजनिक हुन नसकेका सम्पत्ति सार्वजनिक गर्न मोदीवेणीधाम व्यवस्थापन समितिका नाममा पत्र काटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

तोकिएको समयभित्र विवरण नआएमा अन्य प्रक्रिया थाल्ने प्रशासकीय अधिकृत शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?