काठमाडौं । अन्तर्राष्ट्रिय टेनिस फेडरेसन आइटीएफ र एसियन टेनिस फेडरेसन एटिफको आयोजनामा मलेसियामा आयोजना हुन लागेको आइटीएफ एटिएफ यू–१४ रिजनल ट्रेनिङ क्याम्पमा नेपालका दुई जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपालबाट सिभाली गुरुङ उक्त ट्रेनिङ क्याम्पका लागि आइतबार राति मलेसिया जाने भएकी छिन् । उनलाई नेपाल टेनिस संघका महासचिव मनोहर दास मुलले एक कार्यक्रमकाबीच विदाई गरका छन् । सिभालीसँगै उनका बुवा सिमान्त गुरुङ पनि मलेसिया जाने छन् ।
सिभालीले जुलाई ३० देखि अगष्ट ३ सम्मको प्रशिक्षणपछि अगष्ट ५ देखि १० सम्म आयोजना हुने एटिफ यु १४ ग्रेड ए टुनामेन्ट पनि खेल्ने नेपाल टेनिस संघले जनाएको छ । सिभाली मण्डिखाटार टेनिसको उत्पादन हुन् । खेलाडीको खाना, आवासलगायत हवाई टिकट पनि आयोजकले उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया