काठमाडौं । ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त समझदारीमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौंका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डबाहकहरुले र्याडिसन होटल काठमाडौंमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरुले र्याडिसन होटल काठमाडौंमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्याडिसन होटल काठमाडौंले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया