‘गिरिबन्धु र नक्कली भुटानी शरणार्थीको फाइल खोलौँ’

लोकपथ
1k
Shares

काठमाडौंं । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेसका जति पनि भ्रष्टाचारमा सामेल छन् सबैलाई कारबाही गनुपर्ने बताएका हुन् ।

उनले भने,‘आशंका गरिएका दुईवटा फाइलहरु छन् । एउटा नक्कली भुटानी शरणार्थी प्रकरण र अर्को गिरिबन्धु जग्गा प्रकरण । गरिमामय संसदमा उभिएर म कसैलाई दोषी ठहर्याउन र कसैलाई निर्दोष करार गर्न पनि चाहन्न । केवल यति मात्र भन्न चाहन्छु देशको मुहार फेर्न संकल्प लिएर खुलेका दलहरु हुन् कांग्रेस र एमाले । यी दलहरुले सरकारको नेतृत्व गरिरहेको बेला प्रधानमन्त्रीकै शब्दलाई सापट लिएर भन्न चाहन्छु–इमान्दार भएर सबैको अनुसन्धान हुनुपर्छ, ।

अनुसन्धानले हामी आफैंमाथि प्रश्न खडा हुन सक्छ । त्यसका लागि अनुसन्धानको दायरामा उभिन तयार छौं । अरुमाथि अनुसन्धानको माग गर्न सजिलो हुन्छ तर गार्हो हुन्छ आफूमाथि अनुसन्धान गर्दा । तर आज म यो जिम्मेवार संसदमा उभिएर गिरिबन्धु जग्गाको ७० प्रतिशत जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने आरोप छ । तर यो प्रकरणमा कांग्रेसका को व्यक्ति हुन हो छानबिनको दायरामा ल्याओस ।’

साथै उनले सरकारले शोकमा दुई खालको व्यवहार गरेको टिप्पणी गरेका छन् । गत साउन ९ गते सौर्य एयर र गत २०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले फरक व्यवहार गरेको बताएका हुन् ।
उनले हवाइ र विमान दुर्घटनापछिको शोकमा पनि सरकारले फरक व्यवहार गरेको उनको भनाइ छ । उनले आगामी दिनमा शोकमा सरकारले फरक व्यवहार नगरोस् भन्दै ध्यानाकार्षण गराए ।

‘सौर्य एयरको जहाज दुर्घटनाको भोलिपल्ट हामीले राष्ट्रिय झण्डा आधा झुकायौं । २०७९ माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । यसको भोलिपल्ट हामीले राष्ट्रिय शोकको घोषणा गर्यौं । एउटै प्रकृतिको दुर्घटना, तर शोकमा हामीले दुई खालको व्यवहार गर्यौं । दुर्घटना र मृत्यु सबै दुःखद् हुन्छन्,’ उनले भने, ‘यसबीचमा चौतर्फी रुपमा ध्यानाकार्षण नागरिक पंक्तिबाट गराइएको छ । त्रिशुलीमा पनि बस खस्यो तर, न हामीले आधा झण्डा झुकायौं न कुनै शोकको घोषणा गर्यौं । म कामना गर्छु– आगामी दिनमा हवाइ होस्, या सडक होस्, यो प्रकृतिका दुर्घटनाहरु सुन्न नपरोस् । दुर्घटना भइहाल्यो भने राज्यले गर्ने व्यवहारमा एकरुपता कायम हुन सकोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?