प्रभु बैंकको दुई शाखा सञ्चालनमा

लोकपथ
826
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडकाे दुई शाखा सञ्चालनमा ल्याएको छ । तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं.१ मा ३०८औँ र धनकुटा नगरपालिका वडा नं.७ स्थित हुलाक टोलमा ३०९औँ शाखा सञ्चालनमा ल्याएको हाे ।

बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंककाे अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?