रौतहट । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माधवनारायण नगरपालिका-३ सखुअवा बस्ने कृष्ण यादवको छोरा डंका यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको हो ।
आफ्नै घरमा पंखा चलाउनको लागि जोडिएको नाङगो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया