निलम्बित मुख्यसचिव अर्याललाई धरौटीमा रिहा गर्न आदेश

लोकपथ
224
Shares

काठमाडौं । निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् ।

आइतबार विशेष अदालतले अर्याललाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । त्यससँगै उनी अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन् ।

आज विशेष अदालतका न्यायाधिश टेकनारायण कुँवरसहित सदस्यहरु रितेन्द्र थापा र रामबहादुर थापाको इजलासले सो आदेश दिएको हो ।

गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तशुल्कको स्टिकर खरिदमा भ्रष्टाचार भएको भन्दै उनीसहित ११ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?