भ्रष्टाचार मुद्दामा गोविन्दराज जोशी दोषी ठहर, ९ महिना जेल सजाय

लोकपथ
441
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भष्ट्राचार मुद्दामा दोषी ठहर गरेको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई दोषी ठहर गरेको हो । त्यस्तै उनलाई ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय समेत सुनाएको छ ।

यसअघि विशेष अदालतले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै ढेड वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँको फैसला सुनाएको थियो । तर सर्वोच्च अदालतले भने बिगो र सजाय घटनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?