…अनि माओवादीलाई जनता र वर्गको सम्झना आउँछ

लोकपथ
161
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेला बेला जनतामा जाने कुरा गरिरहन्छन् । जबजब प्रचण्ड सत्ताबाट बाहिरिन्छन् तबतब उनलाई जनताको सम्झना आउँछ । अनि प्रचण्डसँगै अन्य माओवादी नेताहरु पनि सत्ताबाट बिमुख भएपछि जनतामा जाने कुरा भन्न छुटाउँदैनन् ।

अहिले सत्तापक्षबाट प्रतिपक्षमा पुगेपछि माओवादीमा पुनः जनतामा जाने विषय चर्चामा छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा पनि माओवादी नेताहरुले परिस्थिति हेरेर जनतामा जानुपर्ने कुरामा जोड दिए । बैठकपछि बोल्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीमा बृहत छलफल भएको र जनतामा जाने, जनताको कुरा सुन्ने विषयमा प्राथमिकताका साथ छलफल भएको बताए ।

‘हामी जसरी सन्देश दिएर सरकारबाट बाहिरिएका छौँ, अब हामी जनतामा जानुपर्छ, अनि हाम्रो वर्गसितको कडी अलि कमजोर भएको छ । हामी जनतामा फेरि फर्किनुपर्छ,’ उनले भने ।

त्यस्तै बैठकमा पार्टी निर्माणका विषयमा छलफल भएको बताए ।

अहिले माओवादी सरकारबाट बाहिरिएपछि काम गर्न खोजेको तर परिस्थितिले बाहिरिनुपरेको विषयमा जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताए ।

अब माओवादीले आफूलाई पहिलेको अवस्थामा ल्याउनका लागि ठूलो रुपान्तरण गर्न आवश्यक्ता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?