ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं.०४ स्थायी घर भई हाल काठमाडौंको सितापाईला बस्ने २४ वर्षका तरङ्ग श्रेष्ठलाई प्रहरी प्रकाउ गरेको हो ।

पक्राउ प्रतिवादी श्रेष्ठलाई टेकु कार्यालयबाट खटिएको टोलीले शुक्रबार ठमेलबाट प्रकाउ गरेको हो । यस विषयमा थप आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि श्रेष्ठलाई प्रहरी वृत्त, दरबारमार्ग पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?